२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

सिजाङको केरुङमा पहिरोपछि उद्धार टोली प्रभावित क्षेत्रमा परिचालित

Nada
२०८३ भदौ १२ गते १४:०३
Shares
सिजाङको केरुङमा पहिरोपछि उद्धार टोली प्रभावित क्षेत्रमा परिचालित

काठमाडौँ : चीनको दक्षिण-पश्चिमी क्षेत्र सिजाङ (तिब्बत) को केरुङ काउन्टीमा बुधबार गएको ठूलो पहिरोपछि खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ ।

ncell

उद्धारमा खटिएको टोली शुक्रबार पहिरोबाट बढी प्रभावित क्षेत्रमा पुगेको जनाइएको छ ।

पहिरोका कारण क्षेत्रको भौगोलिक संरचनामा व्यापक असर परेको छ । कठिन भूगोलका कारण प्रभावित स्थानसम्म पुग्न चुनौती रहे पनि उद्धारकर्मीले विभिन्न साधन प्रयोग गरेर पहुँच विस्तार गरेका हुन् ।

उद्धार तथा राहत कार्यमा अग्नि नियन्त्रक टोलीले डोरी, डुंगा र ड्रोनको समेत प्रयोग गरेको जनाइएको छ । क्षतिग्रस्त भूभाग र जटिल भूबनोट पार गर्दै टोलीले प्रभावित स्थलमा पुगेर खोजी तथा राहतसम्बन्धी काम अघि बढाएको हो ।

भौगोलिक कठिनाइ र पहिरोबाट भएको ठूलो क्षतिका बीच पनि उद्धारकर्मीले सम्भावित प्रभावितको खोजी तथा आवश्यक राहत व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर