२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

व्यवसायी तथा समाजसेवी जीसीद्वारा २ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग

Nada
२०८३ भदौ १२ गते १४:२०
Shares
व्यवसायी तथा समाजसेवी जीसीद्वारा २ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग

काठमाडौं : भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि जीसी इन्टरनेसनल म्यानपावर प्रा.लि.का सञ्चालक तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका कार्यसमिति सदस्य ध्रुव जीसीले २ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

ncell

युवा व्यवसायीसमेत रहेका जीसीले बाढीका कारण प्रभावित स्थानीयवासीलाई राहत पुर्‍याउने उद्देश्यले नेपाल वैदेशिक रोजगार व्यवसायी संघमार्फत उक्त रकम सहयोग गरेका हुन् ।

विपद्को समयमा प्रभावित नागरिकलाई साथ दिनु सामाजिक उत्तरदायित्व भएको भन्दै जीसी इन्टरनेसनल म्यानपावर प्रा.लि.ले राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गरेको जनाएको छ ।

उक्त सहयोग रकम नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबी)मार्फत प्रदान गरिएको हो ।

बाढीका कारण भोटेकोशी क्षेत्रमा जनधनको क्षति हुनुका साथै स्थानीयवासीको दैनिक जीवनसमेत प्रभावित भएको अवस्थामा जीसी इन्टरनेसनलको सहयोगले पीडित परिवारलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

युवा व्यवसायी जीसीले विगतमा पनि विभिन्न सामाजिक तथा मानवीय कार्यमा सहयोग गर्दै आएका छन् । उनले विपद्को समयमा पीडितको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको बताउँदै आगामी दिनमा पनि आवश्यक सहयोग तथा सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
 

ताजा खबर

सम्बन्धित खबर