
काठमाडौं : रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण हालसम्म ५४७ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, गोरखामा ४४, नवलपुरमा १३४, नवलपरासीमा २८, तनहुँमा २९ र चितवनमा सबैभन्दा बढी २२१ शव फेला परेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ९७७ जना अझै सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेमा प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ४ तथा रसुवा र नुवाकोटका १६२ जना रहेका छन् ।
बाढीपछि हालसम्म १ हजार ४७३ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ ।