
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीपछि सरकारले खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई प्राथमिकताका साथ परिचालन गरेको जनाएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको विकट भूगोल र स्थानीय अवस्थासँग नेपाली उद्धार टोली परिचित रहेकाले सुरुआती चरणमा आफ्नै क्षमतामा उद्धार सञ्चालन गरिएको बताए ।
उनले विदेशी सहयोग अस्वीकार नगरिएको स्पष्ट पार्दै सुरुङ वा अत्यन्त जटिल संरचनामा विशेष प्राविधिक क्षमता आवश्यक परे मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायसँग सहयोग लिइने बताए ।