२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश

Nada
२०८३ भदौ १२ गते १७:४६
Shares
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश

काठमाडौं : नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् ।

ncell

चीनको साङ्घाईस्थित अक्टागनमा भएको खेलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई हराउँदै उनी फाइनलमा पुगेका हुन् । तीन राउन्डको खेलमा स्प्लिट डिसिजनका आधारमा ढाँट विजयी भएका हुन् ।

पहिलो जजले ढाँटको पक्षमा २९–२८ अंक दिएका थिए भने दोस्रो जजले कासिबको पक्षमा २९–२८ अंक दिएका थिए । तेस्रो जजले ढाँटकै पक्षमा २९–२८ अंक दिएपछि ढाँट विजयी भएका हुन्।

ढाँटले अब र्यो ताजिमासँग फाइनलमा खेल्नेछन् ।  फाइनल जितेमा ढाँट युएफसीका लागि छनोट हुनेछन्।

ताजा खबर

सम्बन्धित खबर