
काठमाडौं : वैदेशिक राेजगार व्यवसायीहरूले भोटेकोशीमा आएको बाढीबाट पीडित भएकाहरूका लागि आपतकालीन सामग्रीका लागि सहायता दिइरहेका छन् ।
यसैक्रममा एप्लाइड भ्यालु म्यानेजमेन्ट प्रा.लि.ले पनि बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ ।
एप्लाइड भ्यालु म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक हिरामणि दाहालले रसुवाका बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी संघका द्वितीय उपाध्यक्ष अनिल बोगेटीले ५० हजार, महासचिव डाँगीले ५० हजार र पूर्व प्रथम उपाध्यक्ष सुजित कुमार श्रेष्ठले १ लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेका छन् । संघकी सदस्य भावना गजुरेलले पनि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरिसकेकी छन् ।
यसैगरी बाढीपीडितका लागि प्याराडाइज इन्टरनेसनल प्रा.लि.ले ४ लाख रुपैयाँ सहयोग गरिसकेको छ ।