२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

Nada
२०८३ भदौ १३ गते १३:१४
Shares
बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुन:स्थापनाका लागि रु ३० लाख सहयोग गर्ने निर्णय गरेको छ ।

ncell

क्यानका सचिव पारस खड्काले शनिबार प्रेस विज्ञप्तिमार्फत विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनाका लागि संघका तर्फबाट उक्त रकम सहयोग गर्ने निर्णय भएको जानकारी दिएका हुन् । क्यानले उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ ।

प्राकृतिक विपद्बाट प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता जनाउँदै क्यानले विपद्को समयमा उद्धार, राहत तथा पुन:स्थापनाका कार्यमा आवश्यक सहयोग र सहकार्यका लागि सदैव प्रतिबद्ध रहने जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर