२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

चीन–नेपाल सीमा नजिक बनेको हिमतालको जोखिम घट्यो

Nada
२०८३ भदौ १३ गते १३:३०
Shares
चीन–नेपाल सीमा नजिक बनेको हिमतालको जोखिम घट्यो

काठमाडौँ : चीन–नेपाल सीमा नजिक हिमपहिरोपछि बनेको हिमताल फुटेर ठूलो बाढी आउने खतरा अहिले केही कम भएको चिनियाँ अधिकारीहरूले बताएका छन् । तालको पानी विस्तारै बाहिर बग्न थालेपछि यसको आकार घट्दै गएकाले जोखिम कम भएको हो ।

ncell

चीन–नेपाल सीमामा दुई नदीको संगमस्थलमा बनेको उक्त तालको क्षेत्रफल पछिल्लो समय निरन्तर घटिरहेको भूउपग्रह तस्बिरबाट देखिएको छ । चिनियाँ जलस्रोत मन्त्रालयका अनुसार बिहीबार बिहान तालको सतह क्षेत्रफल करिब ९९ हजार वर्गमिटरमा झरेको थियो । यो अघिल्लो मापनभन्दा २१ हजार वर्गमिटर कम हो ।

हिमनदीबाट आएको लेदो र भग्नावशेष जम्मा भएर बनेको यो ताल अचानक फुटेमा तल्लो क्षेत्रमा ठूलो बाढी आउन सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका थिए । यस्तो घटना भए उद्धार तथा राहतका काममा समेत थप समस्या हुन सक्ने बताइएको थियो ।

तालको अवस्था निरन्तर निगरानी गर्न चिनियाँ सरकारले ड्रोन, पोर्टेबल भूउपग्रह स्टेसन र मोबाइल निगरानी क्यामेरासहित १५ जनाको टोली परिचालन गरेको छ ।

शुक्रबार तालबाट पानी बाहिर बग्न थालेपछि केही समयका लागि उद्धार कार्यसमेत रोकिएको थियो । तर, थप अध्ययन र मूल्याङ्कनपछि हाल तालबाट आउन सक्ने जोखिम नियन्त्रणमा रहेको अधिकारीहरूले बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर