२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धार प्रयास तीव्र

Nada
२०८३ भदौ १३ गते १४:०७
Shares
त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धार प्रयास तीव्र

काठमाडौँ : रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ । सोही क्रममा शनिबार बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप तीव्र पारिएको छ ।

ncell

टनेलभित्र मानिसहरू फसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएको हो ।

सुरुङको मुख खोतल्न र खोजी कार्यलाई द्रुत गति दिनका लागि हिजो रातिदेखि नै नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० जना गरी कुल ८२ जनाको संयुक्त टोली निरन्तर खटिएको छ । सो क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार प्रयास भने निकै चुनौतीपूर्ण बनेको छ ।

यसैबीच, उद्धार सहायताका लागि आएको भारतीय टोली हाल त्रिशूली पुगेको छ । भारतीय टोलीले हेलिकोप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन (रेकी) गरी आवश्यकताअनुसार थप उद्धार कार्य अघि बढाउने योजना बनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर