२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

रौतहट इँटा उद्योग व्यवसायी संघको आठौं साधारण सभा सम्पन्न

Nada
कृष्ण तिवारी
२०८३ भदौ १३ गते २०:३३
Shares
रौतहट इँटा उद्योग व्यवसायी संघको आठौं साधारण सभा सम्पन्न

रौतहट : रौतहट इँटा उद्योग व्यवसायी संघले आठौं साधारण सभा सम्पन्न गरेको छ । 

ncell

संघका अध्यक्ष राम विनोद जयसवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश सरकारका उद्योग, पर्यटनमन्त्री कनिश पटेल प्रमुख अतिथिका रूपमा सहभागी थिए । 

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय रौतहटकी प्रमुख रिन्की जयसवालले इँटा उद्योगसँग सम्बन्धित कर, उद्योग नवीकरणलगायतका विषयमा जानकारी गराए । 

साधारण सभामा संघको सांगठनिक गतिविधि, इँटा उद्योग व्यवसायीले भोग्दै आएका समस्या, आगामी कार्ययोजना तथा समसामयिक विषयमा छलफल गरिएको थियो । 

कार्यक्रममा रौतहट, बारा, पर्सा, सर्लाही र जनकपुरका इँटा उद्योग व्यवसायी संघका अध्यक्ष तथा वरिष्ठ उपाध्यक्षहरूले इँटा उद्योगीहरूले भोग्दै आएका विभिन्न समस्या, चुनौती तथा समाधानका उपायबारे धारणा राखेका थिए । 

इँटा उद्योग सञ्चालनमा देखिएका सरकारी नीति, कर तथा नवीकरण, उद्योग व्यवसायमा आइपर्ने समस्या र व्यवसायीका हकहितका विषयमा समेत सहभागीहरूले चर्चा गरेका थिए ।

कार्यक्रममा विभिन्न जिल्लाका उद्योगी–व्यवसायी, संघका पदाधिकारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर