२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

च्याटजीपीटी प्रयोग गरी प्रधानमन्त्री राहत कोषको नक्कली स्टेटमेन्ट बनाएको आरोपमा एक पक्राउ

Nada
२०८३ भदौ १४ गते ११:५४
Shares
च्याटजीपीटी प्रयोग गरी प्रधानमन्त्री राहत कोषको नक्कली स्टेटमेन्ट बनाएको आरोपमा एक पक्राउ

काठमाडौँ : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली बैंक स्टेटमेन्ट बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

ncell

पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२, ठोसेका ३२ वर्षीय भगवान कार्की रहेका छन् ।

नेपाल प्रहरीका अनुसार कार्कीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख २० हजार रुपैयाँ सहयोग गरेको दाबी गरेका थिए ।

उनले च्याटजीपीटी प्रयोग गरी सहयोग रकम जम्मा गरेको देखिने नक्कली स्टेटमेन्ट तयार पारेको र आफ्नो क्युआर कोडसमेत सामाजिक सञ्जालमा पोस्ट गरेको प्रहरीको भनाइ छ ।

कार्कीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर