२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

प्रविधिको प्रयोग गर्दै शव खोजीमा नयाँ गोरख गण, ७२ शव निकालियो (तस्बिरहरू)

Nada
२०८३ भदौ १४ गते १४:५२
Shares
प्रविधिको प्रयोग गर्दै शव खोजीमा नयाँ गोरख गण, ७२ शव निकालियो (तस्बिरहरू)

चितवन : प्रविधिको प्रयोग गर्दै चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणको टोली विपद्को समयमा शव खोजी तथा उद्धार कार्यमा सक्रिय बनेको छ ।

ncell

गणपति राजेन्द्र बानियाँको नेतृत्वमा खटिएको नयाँ गोरख गणको टोलीले यस क्षेत्रमा हालसम्म ७२ वटा शव निकाल्न सफल भएको जनाएको छ । विपद्का कारण बेपत्ता भएका तथा नदी–खोलामा बगेका व्यक्तिको खोजीका लागि नेपाली सेनाले उपलब्ध प्रविधि र जनशक्तिको प्रभावकारी प्रयोग गर्दै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएको हो ।

No photo description available.

चितवन राष्ट्रिय निकुञ्जको संरक्षण तथा सुरक्षामा नियमित रूपमा खटिँदै आएको नयाँ गोरख गणले विपद्को समयमा समेत स्थानीय नागरिकको उद्धार, शव खोजी तथा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

निकुञ्ज संरक्षणसँगै विपद्मा परेका नागरिकको उद्धार र मानवीय सेवामा समेत सेना जनताको साथमा रहेको सन्देश नयाँ गोरख गणको सक्रियताले दिएको छ ।

May be an image of swan, kayak, lake and text

May be an image of kayak and text

No photo description available.

No photo description available.

No photo description available.

May be an image of boat and text

May be an image of jet ski, kayak and text

May be an image of kayak and text

May be an image of textतस्बिरहरुः प्रकाशचन्द्र तिमिल्सिना/नेपाल फोटो लाइब्रेरी 

ताजा खबर

सम्बन्धित खबर