२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

रसुवा बाढी : ७३४ को मृत्यु, २ हजार ४९८ जना अझै सम्पर्कविहीन

Nada
२०८३ भदौ १४ गते १५:५१
Shares
रसुवा बाढी : ७३४ को मृत्यु, २ हजार ४९८ जना अझै सम्पर्कविहीन

काठमाडौं : भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि हालसम्म ७ सय ३४ ज्यान गएको छ । परराष्ट्र मन्त्रालयले आइतबार दिउँसो प्रेस ब्रिफिङको आयोजना गर्दै यस्तो जानकारी दिएको हो ।

ncell

प्रेस ब्रिफिङमा बोल्दै परराष्ट्र सचिव अमृतबहादुर राईले २  हजार ४ सय ९८ जना सम्पर्कविहीन रहेको बताए । उनकाअनुसार हालसम्म ८ सय ८१ जनाको बाढी प्रभाति क्षेत्रबाट उद्धार गरिएको छ ।

उद्धार गरिएकामध्ये २ सय ६१ जना विदेशी नागरिक रहेको उनले जानकारी दिए । उनले ४ सयभन्दा बढी विदेशी पर्यकटहरु अझै पनि सम्पर्कविही अवस्थामा रहेको समेत जानकारी दिए ।

सचिव राईले सम्पर्कविहीन भएका नागरिकको खोज र उद्धारमा राज्य संयन्त्र पूर्ण क्षमातासहित परिचालित रहेको बताए । उनले बाढी प्रभावित नागरिकको विवरण परराष्ट्र मन्त्रालय, विपद् जोखिम न्युनिकरण एवं व्यवस्थापन प्राधिकरण, पर्यटन विभाग तथा आधिकारिक च्यानलबाट र्हेन सकिने समेत बताए ।

उनले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा सुरक्षा निकायसहितको सहकार्यमा बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लाहरुमा खोज, उद्धार तथा राहतको कार्यक्रम सञ्चालन भइरहेको समेत जानकारी दिए ।

उनले यस कठिन समयमा सरकार र सरकारसँग संयन्त्रहरुले मित्र राष्ट्रहरु र अन्तर्राष्ट्रिय समुदायसँग समेत निरन्तर सम्पर्क र सहकार्य गरिरहेको बताए । उनले परराष्ट्र मन्त्रालयमा स्थापना गरिएको इमरजेन्सी कन्ट्रोल रुमममार्फत सम्पर्कविहीन भएका नागरिकका परिवार सम्बन्धीत देशका नियोगहरुसँग निरन्तर रुपमा सम्पर्क गरिरहेको समेत जानकारी दिए ।

उनले हालसम्म भारत, चीन, युएई लगायतका देशहरुबाट राहत सामग्री प्राप्त गरिसकेको समेत जानकारी दिए । उनले  प्राप्त राहत सामग्री समेत प्रभावित क्षेत्रमा पुर्‍याई पीडितहरुलाई वितरण भइरहेको जानकारी दिए ।

सचिव राईले यसबीच प्रधानमन्त्री बालेन्द्र साह र परराष्टमन्त्री शिशिर खनाले विभिन्न छिमेकी देशका समकक्षीहरुसँग फोनवार्ता गरेको समेत जानकारी दिए । उनले बाढी पीडितको उद्धार तथा राहतका सहयोग गर्दा सरकारले सार्वजनिक गरेका बैंक खाताहरुलाई सुनिश्चित गरेर मात्र सहयोग गर्न समेत आम नागरिकलाई आग्रह गरे ।

ताजा खबर

सम्बन्धित खबर