२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

चितवनपछि नवलपुरमा पनि जमिनमुनि शव व्यवस्थापन (तस्बिरहरू)

Nada
२०८३ भदौ १४ गते १६:०८
Shares
चितवनपछि नवलपुरमा पनि जमिनमुनि शव व्यवस्थापन (तस्बिरहरू)

पूर्वी नवलपरासी : भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी पूर्वी नवलपरासीको नारायणी नदी किनारमा बगेर आएका बेवारिसे शव जमिनमुनि व्यवस्थापन सुरु गरिएको छ ।

ncell

स्थायी र अस्थायी शव गृहको क्षमताभन्दा बढी शव भेटिएपछि रेडक्रसको अन्तर्राष्ट्रिय समितिको मापदण्डअनुसार वैज्ञानिक व्यवस्थापन सुरु गरिएको हो ।

मध्यविन्दु प्रादेशिक अस्पतालमा राखिएका शवमध्ये डीएनए परीक्षणको नमुना संकलन, संकेत नम्बर राखेर आवश्यक प्रक्रिया पूरा गरेपछि २० वटा शव आइतबार व्यवस्थापन गरिएको छ ।

May be an image of one or more people, hospital and text

कावासोती नगरपालिका–३ स्थित ज्योतिकुञ्ज सामुदायिक वनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीको सहयोगमा शव व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

जमिनमुनि व्यवस्थापन गरिएका शव सुरक्षित रहने र पछि पहिचान भएमा परिवारलाई जिम्मा लगाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

रसुवा लगायतका क्षेत्रमा आएको बाढी पहिरोपछि उद्धार तथा खोजीका क्रममा फेला परेका शव गैंडाकोट नगर अस्पताल र मध्यविन्दु प्रादेशिक अस्पतालमा पहिचान तथा डीएनए परीक्षण भइरहेको छ । 

गैंडाकोटदेखि विनयी त्रिवेणीसम्मको नदी किनारमा हालसम्म १ सय ९४ शव फेला परेका छन् । तीमध्ये ९ वटा शवको पहिचान भएर आफन्तलाई बुझाइएको छ । 

May be an image of tree, grass and text that says "© @madhyanhadaily. com"

May be an image of ‎one or more people, hospital and ‎text that says "‎-2M 2a 스무 습는 삼할? ر ©madhyanhadaily.com com‎"‎‎

May be an image of one or more people, ambulance, van and text

May be an image of ‎train, railway and ‎text that says "‎TPEHCH TRENCH TRENCH ICH TRENCH 4 هف وی 115K2 K2 madhyanhadaily com‎"‎‎

May be an image of one or more people and text

ताजा खबर

सम्बन्धित खबर