
काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित जिल्लामा हालसम्म ७८८ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि सात हजार ८८४ प्रहरी परिचालन गरिएको छ।
फेला परेका शवमध्ये सबैभन्दा बढी चितवनमा २६४ वटा छन् । त्यस्तै, पूर्वी नवलपरासीमा १९४, पश्चिम नवलपरासीमा १२०, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ शव फेला परेका छन्।
बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका तथा घाइतेको कुल सङ्ख्या दुई हजार ७४२ पुगेको छ । तीमध्ये नुवाकोटमा दुई हजार २०, रसुवामा ७१९ र धादिङमा तीन जना रहेका छन् ।
यसैगरी, काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको सङ्ख्या १६० रहेको प्रहरीले जनाएको छ।