काठमाडौं : ईपीएस प्रणाली अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको ईपीएस कोरिया शाखा ग्वार्को ललितपुरले सोमबार सूचना प्रकाशित गरी भाषा परीक्षाका लागि आवेदन फारम खुलेको जनाएको छ ।
श्रम मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीचको समझदारी अनुसार कोरिया जान नेपाली नागरिकलाई भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो । भाषा परीक्षा पहिलो चरणको कृषि तथा पशुपालन क्षेत्रका लागि माघ १६ देखि माघ २७ गतेसम्म हुने सूचनामा उल्लेख छ ।
दोस्रो चरणको परीक्षा फागुन १६ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने छ । त्यसैगरी सीप परीक्षणको परीक्षा फागुन ३ देखि ५ गतेसम्म र दोस्रो चरण चैत १ गतेदेखि ३ गतेसम्म हुने ईपीएस कोरिया शाखा ग्वार्कोले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies