२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

उदयपुरमा ठुलो परिमाणको गाँजासहित तीन जना पक्राउ

Nada
बिन्द्र राई
२०८३ भदौ १५ गते २१:०१
Shares
उदयपुरमा ठुलो परिमाणको गाँजासहित तीन जना पक्राउ

उदयपुर : उदयपुरमा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको कटारी नगरपालिका–६ बाँकेटारस्थित जंगलबाट प्रहरीले १ हजार १२२ किलो ६७ ग्राम गाँजा बरामद गरेको हो । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान करिब ४ बजे शान्ति सामुदायिक वन उपभोक्ता समूहको जंगल क्षेत्रमा लुकाएर राखिएको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ncell

जंगल क्षेत्रमा लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले बा १६ च ५२६९ नम्बरको बोलेरो जीपमा ल्याएर जंगलमा लुकाइराखिएको अवस्थामा ५२ वटा बोरामा प्याक गरिएको गाँजा फेला पारेको हो । गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँका ५५ वर्षीय रामबहादुर मगर, २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगर पक्राउ परेका छन् । 

प्रहरीले बरामद गाँजा, बोलेरो जीप र पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिएका छन् ।

uae

सम्बन्धित खबर