२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

Nada
२०८३ भदौ १५ गते २१:२३
Shares
मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

काठमाडौं : अर्जेन्टिनाका कप्तान एवं महान् फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रूपमा सन्न्यास लिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गर्दै उनले यो निर्णय निकै पीडादायी भए पनि अब समय आएको महसुस भएको बताएका छन् ।

ncell

३९ वर्षीय मेस्सीले सन् २०२२ मा फिफा विश्वकप जित्दै अर्जेन्टिनालाई ऐतिहासिक सफलता दिलाएका थिए । आफ्नो लामो अन्तर्राष्ट्रिय करिअरमा उनले २०७ खेलमा १२५ गोल गर्दै देशका सर्वाधिक गोलकर्ता र सबैभन्दा धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।

मेस्सीले राष्ट्रिय टोलीका लागि आफूले सधैं सम्पूर्ण समर्पण दिएको उल्लेख गर्दै अब आफूसँग दिन बाँकी केही नरहेको बताएका छन् । 'यो निर्णयले मलाई धेरै दु:ख दिएको छ, तर म बुझ्छु—अब नयाँ पुस्ताका खेलाडीलाई अवसर दिनुपर्ने समय आएको छ,' उनले भनेका छन्।

उनले राष्ट्रिय टोलीसँग बिताएका क्षणहरूलाई जीवनकै सबैभन्दा गौरवपूर्ण र अविस्मरणीय अनुभवको रूपमा स्मरण गरेका छन् । समर्थक, सहकर्मी र परिवारप्रति आभार व्यक्त गर्दै उनले अब बाहिरबाट टोलीलाई समर्थन गर्ने बताएका छन् ।

मेस्सीको सन्न्याससँगै अन्तर्राष्ट्रिय फुटबलको एक स्वर्णिम युगको अन्त्य भएको विश्लेषण गरिएको छ ।

uae

सम्बन्धित खबर