२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

बेत्रावतीमा एकै घरबाट २४ जनाको शव फेला

Nada
२०८३ भदौ १६ गते १२:४५
Shares
बेत्रावतीमा एकै घरबाट २४ जनाको शव फेला

काठमाडौँ : नुवाकोटको विदुर नगरपालिका-१० बेत्रावतीमा बाढीका कारण एकै घरभित्र ज्यान गुमाएका २४ जनाको शव फेला परेको छ ।

ncell

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार बेत्रावतीमा रहेको उत्तरगया मिनी मार्टको भवनबाट ती शव निकालिएका हुन् । उद्धार टोलीले घरभित्रबाट शव निकालेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ ।

प्रशासनले शवको मुचुल्का तयार पार्दै पहिचानको प्रयास गरिरहेको जनाएको छ । हालसम्म बरामद भएका कुनै पनि शवको सनाखत हुन सकेको छैन ।

मुचुल्का तयार गर्ने प्रक्रिया पूरा भएपछि सबै शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए ।

गत १० भदौमा रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको ठूलो बाढीले बेत्रावती क्षेत्रमा व्यापक क्षति पुर्‍याएको थियो । सोही बाढीका क्रममा उक्त घरभित्र ठूलो संख्यामा मानिस फसेको र पछि उनीहरू मृत अवस्थामा भेटिएको प्रशासनले जनाएको छ ।

uae

सम्बन्धित खबर