२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

भोलिदेखि संसद् बैठक सुचारु हुने, विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रस्ताव पारित गरिने

Nada
२०८३ भदौ १६ गते १३:१७
Shares
भोलिदेखि संसद् बैठक सुचारु हुने, विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रस्ताव पारित गरिने

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले मुलुकमा आइपरेको प्राकृतिक विपद्को घडीमा जनसरोकारका विषयलाई सम्बोधन गर्न संसद्को भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।

ncell

मंगलबार आयोजित कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद् बैठक शीघ्र सुचारु गर्नुपर्नेमा जोड दिएकी हुन् । प्रमुख सचेतक थापाकाअनुसार यसअघि भदौ २२ गतेका लागि तय गरिएको संसद् बैठक राजनीतिक दलहरूको आग्रह र कार्यव्यवस्था परामर्श समितिको निर्णयबमोजिम बुधबार (भोलि)देखि नै सुचारु हुने भएको छ ।

भोलिको बैठकमा हालैको अविरल वर्षा, बाढी र पहिरोबाट भएको ठुलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत र उद्धारलाई प्रभावकारी बनाउन विशेष प्रस्ताव पारित गरिने जानकारी उनले दिइन् । 

उनले उद्धारका लागि प्राविधिक टोलीहरू कार्यक्षेत्रमा खटिसकेको र सांसदहरूले संसद्मार्फत नीतिगत दबाब सृजना गर्नु आवश्यक रहेको उल्लेख गरिन् । भोटेकोशीको बाढी र कृष्णभीरको पहिरोका कारण उपत्यका जोड्ने मुख्य नाकाहरू अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री, पेट्रोलियम पदार्थ र ग्यासको अभाव हुन सक्ने प्रति चिन्ता व्यक्त गर्दै उनले सरकारलाई यस विषयमा गम्भीर हुन सुझाव दिइन् । 

प्रमुख सचेतक थापाले संकटको यस घडीमा मानवीय संवेदनालाई आत्मसात गर्दै व्यापारिक नैतिकता कायम राख्न र कालोबजारीमा संलग्न नहुन सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई आग्रह समेत गरिन् । अवरुद्ध राजमार्गहरू खोल्न र आपूर्ति व्यवस्था सहज बनाउन सरकारले छिट्टै ठोस विकल्प निकाल्ने विश्वास समेत उनले व्यक्त गरिन् । 

uae

सम्बन्धित खबर