२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

प्रधानमन्त्री सहभागी नभए सर्वदलीय बैठकको प्रभावकारितामाथि प्रश्न उठ्छ : डा.भीम रावल

Nada
२०८३ भदौ १६ गते १४:१९
Shares
प्रधानमन्त्री सहभागी नभए सर्वदलीय बैठकको प्रभावकारितामाथि प्रश्न उठ्छ : डा.भीम रावल

काठमाडौँ : नेकपा नेता डा. भीम रावलले विपद्का विषयमा बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीसहित सरकारका प्रमुख जिम्मेवार मन्त्रीहरूको उपस्थिति आवश्यक रहेको बताएका छन् ।

ncell

भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको बाढीबाट सिर्जित संकट समाधानका लागि राजनीतिक दलहरूबीच छलफल र राष्ट्रिय सहमति आवश्यक भए पनि राज्यको कार्यकारी नेतृत्व गर्ने प्रधानमन्त्रीको सहभागिताविना त्यस्तो बैठक प्रभावकारी हुन नसक्ने उनको धारणा छ ।

रावलले यसअघि आयोजित बैठकमा प्रधानमन्त्री सहभागी नभएको उल्लेख गर्दै आगामी बैठकमा पनि प्रधानमन्त्रीको अनुपस्थिति रहे त्यसबाट अपेक्षित निष्कर्ष हासिल गर्न कठिन हुने बताएका छन् । प्रधानमन्त्रीबिनाको बैठकबाट सर्वदलीय संयन्त्र गठन गर्ने प्रस्तावसमेत व्यवहारिक र औचित्यपूर्ण नहुने उनले टिप्पणी गरेका छन् ।

उनका अनुसार विपद्को सामना गर्न राष्ट्रिय एकताको आधारमा अघि बढ्ने सरकारको उद्देश्य हो भने सर्वदलीय छलफलमा प्रधानमन्त्रीसँगै अर्थ, गृह तथा भौतिक पूर्वाधारसम्बन्धी जिम्मेवारी सम्हालेका मन्त्रीहरूको पनि सहभागिता हुनुपर्छ ।

बैठकमा सहभागी हुने राजनीतिक दलका नेताहरूले समेत सरकारको नेतृत्व र सम्बन्धित मन्त्रालयका जिम्मेवार पदाधिकारीको उपस्थितिको आवश्यकतालाई गम्भीरतापूर्वक विचार गर्नुपर्ने रावलले बताएका छन् ।

uae

सम्बन्धित खबर