२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

तिल्चा खोलाले मोटरसाइकलसहित बगाउँदा युवक बेपत्ता

Nada
प्रचण्ड खत्री
२०८३ भदौ १६ गते २१:३२
Shares
तिल्चा खोलाले मोटरसाइकलसहित बगाउँदा युवक बेपत्ता

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ र ४ को बीचमा रहेको तिल्चा खोलाले मोटरसाइकलसहित बगाउँदा एक युवक बेपत्ता भएका छन् भने एक जनाको सकुशल उद्धार गरिएको छ ।

ncell

मंगलबार अपराह्न करिब ४ बजेतिर मुसिकोट खलंगाबाट कुनाखेततर्फ जाँदै गरेको मोटरसाइकल तिल्चा खोला तर्ने क्रममा बगेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

खोलाले मोटरसाइकलका चालक र पछाडि सवार दुवै जनालाई बगाएको थियो । घटनामा मुसिकोट नगरपालिका–४ सोलाबाङका १८ वर्षीय प्रशान्त सन्यासी बेपत्ता भएका छन् ।

मोटरसाइकलको पछाडि बसेका रामेछापको गोकुलगंगा गाउँपालिकाका १८ वर्षीय प्रवीण बस्नेत भने खोलाको बीचमा रहेको ढुंगामा अड्किएका थिए। उनलाई अस्थायी प्रहरी पोस्ट छिनखेतबाट खटिएको प्रहरी टोलीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिए ।

बेपत्ता प्रशान्त सन्यासीको खोजी तथा उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

uae

सम्बन्धित खबर