२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

सुरुङमा फसेकाको उद्धार गर्न ३-४ महिनासम्म लाग्नसक्छ : सैनिक अधिकारी (भिडियोसहित)

Nada
२०८३ भदौ १७ गते १२:२५
Shares
सुरुङमा फसेकाको उद्धार गर्न ३-४ महिनासम्म लाग्नसक्छ : सैनिक अधिकारी (भिडियोसहित)

काठमाडौं : रसुवामा आएको भीषण बाढीपछि जलविद्युत् आयोजनाका सुरुङहरूमा फसेकाहरूको उद्धार कार्य अत्यन्तै जटिल बनेको छ । सुरुङभित्र ठुलो मात्रामा माटो, ढुंगा र भग्नावशेष थुप्रिएकाले तत्काल उद्धार सम्भव नदेखिएको नेपाली सेनाले जनाएको छ ।

ncell

उद्धारमा खटिएका सैनिक अधिकारीका अनुसार सुरुङको अवस्था सामान्य नभई अत्यधिक जोखिमपूर्ण छ, जसका कारण छोटो समयमै फसेकाहरूलाई बाहिर निकाल्ने सम्भावना न्यून छ । ६ नम्बर बाहिनीका सहायकरथी उज्ज्वल राणाले सुरुङभित्रको अवस्था मूल्यांकन गर्दा उद्धार कार्य २–३ दिनमा सम्भव नहुने, बरु ३–४ महिनासम्म लाग्न सक्ने संकेत देखिएको बताएका छन् ।

'यो साधारण उद्धार होइन । सुरुङभित्रको संरचना नै क्षतिग्रस्त छ, पानी र लेदो जमेको छ । यस्तो अवस्थामा छिटो निस्कने अपेक्षा गर्नु यथार्थपरक हुँदैन,' उनले भने ।

उनले अगाडि भने, ‘सुरुङमा फसेकाहरूको उद्धारका लागि २–३ दिन होइन, वास्तवमा भन्नुपर्दा ३–४ महिनामा पनि ननिस्कने मैले देखेको छु ।’

हाल राणाको नेतृत्वमा रसुवाका चार जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी छ । तर, रसुवागढी जलविद्युत् आयोजनामा सुरुङभित्र काम गर्न असम्भवजस्तै अवस्था देखिएपछि उद्धार कार्य स्थगित गरिएको छ । अन्यत्र भने चिलिमे, अपर त्रिशूली–१ र लाङटाङ हाइड्रो आयोजनामा प्रयास जारी रहे पनि अहिलेसम्म कुनै ठोस सफलता हात लागेको छैन ।

uae

सम्बन्धित खबर