२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

रसुवा बाढी प्रभावितका लागि अमेरिकाबाट ४० टनभन्दा बढी राहत सामग्री नेपाल आइपुग्यो

Nada
२०८३ भदौ १७ गते १२:२८
Shares
रसुवा बाढी प्रभावितका लागि अमेरिकाबाट ४० टनभन्दा बढी राहत सामग्री नेपाल आइपुग्यो

काठमाडौँ : रसुवामा बाढीबाट प्रभावित परिवारलाई लक्षित गरी संयुक्त राज्य अमेरिकाबाट पठाइएको आपतकालीन राहत सामग्री नेपाल आइपुगेको छ ।

ncell

अमेरिकी संस्था सामारिटान्स पर्सले उपलब्ध गराएको ४० टनभन्दा बढी सामग्री काठमाडौँ ल्याइएको हो ।

प्राप्त राहत सामग्री स्थानीय तहमा बाढी प्रभावित क्षेत्रमा कार्यरत साझेदार संस्थामार्फत करिब २ हजार ६ सय परिवारसम्म पुर्‍याउने व्यवस्था गरिएको जनाइएको छ । सामग्रीमा खानेपानी शुद्धीकरणका लागि पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइसम्बन्धी किट तथा सौर्य बत्ती रहेका छन् ।

नेपालमा विपद्बाट प्रभावित समुदायको तत्कालीन आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले सहायता सामग्री उपलब्ध गराइएको हो । अमेरिकी दूतावासले नेपालको आवश्यकताअनुसार जीवन रक्षक सहायता परिचालनका लागि नेपाल सरकार तथा सम्बन्धित साझेदार संस्थासँग समन्वय जारी रहेको जनाएको छ ।

uae

सम्बन्धित खबर