२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

डेभकोले ७७ लाखमै साढे दुईतले आधुनिक घर बनाइदिने

Nada
२०८३ भदौ १८ गते २१:१६
Shares
डेभकोले ७७ लाखमै साढे दुईतले आधुनिक घर बनाइदिने

काठमाडौं : जग्गा भएर पनि निर्माण लागत महँगो हुँदा घर बनाउन नसकिरहेका परिवारलाई लक्षित गर्दै डेभको इन्जिनियरिङ एन्ड बिल्डर्सले साढे तीन आनामा साढे दुईतले आधुनिक घर निर्माण गरिदिने योजना ल्याएको छ । कम्पनीले डिजाइनदेखि निर्माण र फिनिसिङसम्मको कामसहित ७७ लाख ७७ हजार रुपैयाँमा घर निर्माण गरिदिने जनाएको छ।

ncell

निर्माण सामग्रीसहितको लागतमा घर तयार गरिने छ । कम्पनीका अनुसार प्रस्तावित घरमा भुइँतलामा एक बीएचके, पहिलो तलामा दुई बीएचके र दोस्रो तलामा दुई शयनकक्ष रहनेछन्। उपलब्ध जग्गाको अधिकतम उपयोग हुने गरी घरको डिजाइन तयार गरिने कम्पनीले जनाएको  छ ।

घरको डिजाइन गर्दा परिवारको आवश्यकता, जग्गाको अवस्था र बजेटलाई आधार बनाइनेछ। त्यससँगै वास्तु विशेषज्ञको परामर्शअनुसार कोठा, भान्सा, शौचालय, बैठक, पूजाकोठा र सिँढीलगायत संरचनाको स्थान निर्धारण गरिने कम्पनीले जनाएको छ।डेभकोको योजनामा घरको डिजाइन, संरचनात्मक डिजाइन, निर्माण र फिनिसिङसम्मका सेवा समेटिएका छन्।

ग्राहकले घर निर्माणका लागि छुट्टाछुट्टै सेवा प्रदायक खोज्नुपर्ने झन्झट कम हुने कम्पनीको दाबी छ । कम्पनीले ग्राहकको जग्गाको अवस्था र पारिवारिक आवश्यकताअनुसार डिजाइनमा आवश्यक परिमार्जन गर्ने जनाएको छ। आधुनिक आवासीय डिजाइनसँगै संरचनागत आवश्यकता र वास्तु पक्षलाई पनि समेटेर निर्माण योजना तयार गरिनेछ ।कम्पनीले योजनालाई लक्षित गर्दै दशैंअघि घर निर्माण सम्झौता गर्ने ग्राहकका लागि ३ लाख रुपैयाँसम्मको मोड्युलर किचन निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

कम्पनीका अनुसार अफरको उद्देश्य घर निर्माणसँगै आधुनिक भान्सा पनि समेटेर ग्राहकको प्रारम्भिक लागत व्यवस्थापनमा सहयोग पु¥याउनु हो । डेभको इन्जिनियरिङ एन्ड बिल्डर्सले इन्जिनियरिङ, वास्तु तथा आवासीय घर डिजाइन, संरचनात्मक डिजाइन, निर्माण र फिनिसिङसम्बन्धी सेवा दिँदै आएको जनाएको छ।कम्पनीले सीमित बजेटमा आफ्नै जग्गामा घर बनाउन चाहने मध्यम वर्गीय परिवारलाई लक्षित गरी योजना ल्याएको जनाएको छ। ग्राहकले आफ्नो जग्गाको विवरण उपलब्ध गराएपछि डिजाइन, लागत र निर्माण प्रक्रियाबारे परामर्श लिन सक्ने कम्पनीको भनाइ छ ।

uae

सम्बन्धित खबर