२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

सिटिजन्स बैंकद्वारा ‘हृदय तथा रक्तनलीसम्बन्धी रोगको रोकथाम’ सचेतना कार्यक्रम

Nada
२०८३ भदौ १८ गते २१:१७
Shares
सिटिजन्स बैंकद्वारा ‘हृदय तथा रक्तनलीसम्बन्धी रोगको रोकथाम’ सचेतना कार्यक्रम

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै हृदय तथा रक्तनली सम्बन्धी रोगको रोकथाम सम्बन्धी सचेतना मूलक सेमिनार आयोजना गरेको छ । बैंकले मेदान्ता–द मेडिसिटी अस्पताल गुडगाउँ, भारतसँगको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रमको उद्देश्य कर्मचारीहरूलाई हृदय तथा रक्तनली सम्बन्धी रोग, यसको रोकथाम तथा स्वस्थ जीवनशैली अपनाउनुको महत्वबारे सही र आवश्यक जानकारी प्रदान गर्नु रहेको थियो ।

ncell

मेदान्त द मेडिसिटी अस्पताल, गुडगांव भारतसँगको सहकार्यले यस कार्यक्रमलाई अझ प्रभावकारी र विश्वसनीय बनाएको बैंकले जनाएको छ । उक्त वेबिनार ‘हृदय तथा रक्तनलीसम्बन्धी रोगको रोकथाम’ आयोजना गरिएको हो । कार्यक्रममा ३५ वर्ष वा सोभन्दा माथिका कर्मचारीहरूलाई लक्षित गरिएको थियो । सो सत्रमा मेदान्ता–द मेडिसिटी अस्पताल, भारतका कार्डियाक केयर अन्तर्गत क्लिनिकल एण्ड प्रिभेन्टिभ कार्डियोलोजीका भाइस चेयरम्यान डा। मनिष बन्सलले स्रोत व्यक्तिका रूपमा सहजीकरण गरेका थिए ।

कार्यक्रमका क्रममा हृदय तथा रक्तनली सम्बन्धी रोगका प्रमुख जोखिम कारकहरू, रोगबाट बच्ने उपायहरू, समयमै स्वास्थ्य परीक्षणको आवश्यकता, दैनिक जीवनमा स्वस्थ बानी तथा जीवनशैली अपनाउने महत्वलगायतका विषयमा जानकारी प्रदान गरिएको थियो । 

साथै, नियमित शारीरिक व्यायाम, सन्तुलित आहार, तनाव व्यवस्थापन तथा स्वस्थ जीवनशैली मार्फत हृदय स्वास्थ्यलाई सुरक्षित राख्न सकिने विषयमा समेत सहभागीहरूलाई सचेत गराइएको थियो । उक्त सचेतना मूलक अनलाइन सत्रमा बैंकका ३५ वर्ष वा सोभन्दा माथिका कुल ४४६ जना कर्मचारीहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए । कर्मचारीहरूको स्वास्थ्य प्रति सचेतना अभिवृद्धि गर्दै दीर्घकालीन स्वास्थ्य सुरक्षामा योगदान पु¥याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम प्रभावकारी तथा अन्तरक्रियात्मक रहेको थियो ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना कर्मचारी, ग्राहक तथा अन्य सम्बन्धित सरोकारवालाहरूको स्वास्थ्य र कल्याणलाई प्राथमिकतामा राख्दै आगामी दिनहरूमा समेत यस्ता सचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ । 

uae

सम्बन्धित खबर