
काठमाडौं : छिमेक लघुवित्त वित्तीय संस्थाले ३० लाख र कर्मचारीहरुबाट प्राप्त सहयोग रकम ११ लाख ३९ हजार ७५२ गरी जम्मा रकम ४१ लाख ३९ हजार ७५२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ ।
गत भदौ १० गते भोटेकोशी नदिमा आएको विनाशकारी बाढीका कारण सृजित प्राकृतिक विपत्तिबाट रसुवा, नुवाकोट, धादिङ, चितवन लगायका जिल्लाहरुमा भएको ठूलो जनधनको क्षति प्रति छिमेक लघुवित्तले गहिरो दुःख व्यक्त गरेको छ ।