२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

मारुती सिमेन्ट्सद्वारा १ करोड ११ लाख रुपैयाँ सहयोग 

Nada
२०८३ भदौ १८ गते २१:२१
Shares
मारुती सिमेन्ट्सद्वारा १ करोड ११ लाख रुपैयाँ सहयोग 

काठमाडौं : मारुती सिमेन्ट्स लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावितहरुका लागि प्रधानमन्त्री राहत कोषमा  १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकमको चेक मारुती सिमेन्ट्स लिमिटेडका सञ्चालक नन्दकिशोर राठी, मनोज कुमार गोयल, शरद गोयल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले माननीय अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण  गरे । 

ncell

कम्पनीले विपद् तथा कठिन परिस्थितिमा प्रभावित नागरिकलाई राहत तथा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा उक्त रकम प्रदान गरेको जनाएको छ ।

मारुती सिमेन्ट्स लिमिटेडले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत देश तथा समाजको हितमा आवश्यक सहयोग र योगदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । विपद्को समयमा पीडित तथा प्रभावित नागरिकसँग हातेमालो गर्नु हाम्रो सामाजिक दायित्व हो, कम्पनीले जनाएको छ ।

uae

सम्बन्धित खबर