
काठमाडौं : रिद्धी सिद्धि र सौर्य सिमेन्ट परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । जसमा रिद्धी सिद्धि सिमेन्टले ५१ लाख र सौर्य सिमेन्टले ५० लाख गरी कुल १ करोड १ लाख सहयोग गरेको हो । रिद्धि सिद्धि सिमेन्टका अध्यक्ष शोभाकार न्यौपानेले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई रिद्धि सिद्धि र सौर्य सिमेन्ट परिवारका तर्फबाट १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
बाढीमा परेर ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति रिद्धी सिद्धि र सौर्य सिमेन्ट परिवारले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै विपद्को यो कठिन समयमा रिद्धि सिद्धि र सौर्य सिमेन्ट परिवार प्रभावित नागरिक र सरकारको साथमा रहेको जनाएको छ ।