
काठमाडौं : भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा पुनर्स्थापनाका लागि विभिन्न संघ–संस्था र निजी क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ । यसैक्रममा सेकुवा बाई किलोले बाढीबाट प्रभावित परिवारहरूको राहत तथा पुनर्स्थापनाका लागि २० लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।
सेकुवा बाई किलोको सम्पूर्ण टिम तथा यसको विभिन्न शाखाहरूको तर्फबाट २० लाख ११ हजार १११ रुपैयाँ बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको बसन्त लामाले जानकारी दिए ।
बाढीका कारण विस्थापित तथा प्रभावित परिवारहरूको दुःखमा साथ दिन मानवीय सेवाको भावनासहित उक्त सहयोग प्रदान गरिएको सेकुवा बाई किलोले जनाएको छ ।
यसअघि विज्ञान एचआर म्यानेजमेन्ट प्रा.लि.का संस्थापक तथा सञ्चालक बसन्त लामाको पहलमा सोही कम्पनीमार्फत ५१ हजार १११ रुपैयाँ सहयोग रकम बाढीपीडितहरूको सहयोगार्थ हस्तान्तरण गरिएको थियो ।
