२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

रातोपुलस्थित स्यान्को कट्टी रोलले शनिबारको सम्पूर्ण बिक्री बाढीपीडितको सहयोगार्थ प्रदान गर्ने

Nada
२०८३ भदौ १९ गते २०:३२
Shares
रातोपुलस्थित स्यान्को कट्टी रोलले शनिबारको सम्पूर्ण बिक्री बाढीपीडितको सहयोगार्थ प्रदान गर्ने

काठमाडौं : भोटेकोशीमा आएको बाढीका कारण विस्थापितहरूलाई राहतका लागि विभिन्न व्यक्ति, संस्था तथा समुदायले सहयोग अभियान जारी राखेका छन् । यसैक्रममा राजधानीको रातोपुलमा रहेको स्यान्को कट्टी रोल प्रा.लि.ले शनिबारको सम्पूर्ण बिक्री प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा योगदान गर्ने भएको छ ।

ncell

सञ्चालक विक्रम साहले रसुवा, नुवाकोटलगायतका जिल्लामा निम्तिएको ठुलो  विपत्तिले अकल्पनीय मानवीय क्षति पुगेको अवस्थामा राहत तथा पुनर्स्थापनाको काममा सरकारको एक्लो प्रयासले नपुग्ने देखिएकाले नागरिकस्तरबाट सहयोग पुर्‍याउन शनिबारको पुरै बिक्रीबाट उठेको रकम प्रधानमन्त्री राहत उद्धार कोषमा जम्मा गर्ने गरी तयारी गरेको बताए ।

पावर सपोर्ट इम्प्लोइमेन्ट प्रा.लि. नामक वैदेशिक रोजगार कम्पनीसमेत सञ्चालन गरिरहेका साहले म्यानपावर कम्पनीतर्फबाट उक्त कोषमा सहयोग गरिसकेको र रेस्टुरेन्टका तर्फबाट पनि सक्दो सहयोग गर्ने बताए ।

कट्टी रोलका लागि प्रसिद्ध स्यान्कोले विभिन्न स्वादमा परिकार उपलब्ध गराउँदै आएको छ । साहले शनिबार बिहान १० बजेदेखि राति १० बजेसम्म सेवा सञ्चालन गरिने जानकारी पनि दिए ।

uae

सम्बन्धित खबर