२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

रौतहटका सीमावर्ती नाकाबाट भित्रिँदै भारतीय अण्डा

Nada
इसत्याक अहमद
२०८३ भदौ १९ गते २१:११
Shares
रौतहटका सीमावर्ती नाकाबाट भित्रिँदै भारतीय अण्डा

रौतहट : रौतहटका सीमावर्ती नाकाबाट अवैध रूपमा भारतीय अण्डा नेपाल भित्रिने गरेको स्थानीय पोल्ट्री व्यवसायीले बताएका छन् । भारतीय सीमा नाकाबाट सेतो अण्डा अवैध रूपमा नेपाल भित्रिएका कारण स्थानीय उत्पादनले बजार पाउन नसकेको व्यवसायीको आरोप छ । आफूहरूले करोडौं लगानी गरेर पोल्ट्री व्यवसाय गरेको तर अवैध अण्डा आयातका कारण स्थानीय उत्पादनले बजार पाउन नसकेको व्यवसायीले बताउँछन् । 

ncell

ईशनाथ नगरपालिका–९ स्थित ए वन पोल्ट्री फार्मका सञ्चालक मोहम्मद अफरोज आलमले सीमावर्ती क्षेत्रमा भारतीय अण्डाको अवैध आयात बढ्दा स्थानीय उत्पादन बिक्री हुन नसकेको बताए । स्थानीय किसान तथा फार्म सञ्चालकहरूले ठुलो लगानी गरेर उत्पादन गरे पनि सीमापारिबाट सस्तोमा अण्डा भित्रिँदा स्थानीय उत्पादनले बजार र मूल्य पाउन नसकेको उनको दाबी छ । 

राजदेवी नगरपालिका–१ स्थित रोहित कृषि एन्ड पोल्ट्री फार्मका सञ्चालक रामेश्वर साह भारतीय अण्डाको अवैध आयातका कारण नेपाली अण्डा बिक्री हुन छाडेको बताउँछन् । यस्तै, गरुडा नगरपालिका–४ स्थित श्रीसृष्टि अण्डा सप्लायर्सका सञ्चालक राजन जयसवालले पनि भारतीय अण्डा आयातले व्यपारमा असर गरिएको बताए । 

राजपुरस्थित बरकत अण्डा सप्लायर्सका सञ्चालक मोहम्मद अजमतुल्लाहले ऋण लिएर व्यवसाय सुरु गरेको भए पनि सीमापारिबाट कर छलेर अण्डा ल्याइँदा आफूहरूले प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएको बताउँछन् । उनले भने, ‘हामीले ऋण लिएर व्यापार सुरु गरेका छौं । तर, पारिबाट कर छलेर ‘सेटिङ’मा अण्डा नेपाल ल्याइँदा हामीले प्रतिस्पर्धा गर्ने अवस्था छैन ।’

ईशनाथ नगरपालिका क्षेत्रका बन्जहरा, औरैया, महुलिया, लतमरी, जयनगर, छोटका घिउरा, खापर रामपुर, नरकटियालगायतका सीमावर्ती नाकाबाट भारतबाट अण्डा नेपाल भित्रिने गरेको व्यवसायीको दाबी छ । 

भारतबाट आउने अण्डा गौर, गरुडा, बंकुललगायत रौतहटका प्रमुख बजारमा बिक्री हुने गरेको उनीहरू बताउँछन् । भारतीय अण्डाको अवैध आयातमा ‘सेटिङ’ गर्दा निर्वाध रूपमा आयात भइरहेको व्यवसायीको गुनासो छ । 

uae

सम्बन्धित खबर