२०८३ कार्तिक ५ गते बिहिवार / Oct 22 , 2026 , Thursday
२०८३ कार्तिक ५ गते बिहिवार

रातोपुलस्थित स्यान्को कट्टी रोलद्वारा १९ हजार ९९९ रुपैयाँ सहयोग

Nada
२०८३ भदौ २१ गते २१:२१
Shares
रातोपुलस्थित स्यान्को कट्टी रोलद्वारा १९ हजार ९९९ रुपैयाँ सहयोग

काठमाडौं : भोटेकोशीमा आएको बाढीका कारण विस्थापितहरूलाई राहतका लागि राजधानीको रातोपुलमा रहेको स्यान्को कट्टी रोल प्रा.लि.ले १९ हजार ९ सय ९९ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा योगदान गरेको छ ।

ncell

सञ्चालक विक्रम साहले रसुवा, नुवाकोटलगायतका जिल्लामा निम्तिएको ठुलो विपत्तिले अकल्पनीय मानवीय क्षति पुगेको अवस्थामा राहत तथा पुनस्र्थापनाको काममा सरकारको एक्लो प्रयासले नपुग्ने देखिएकाले नागरिकस्तरबाट सहयोग पु¥याउन शनिबारको पूरै बिक्री रकम प्रधानमन्त्री राहत उद्धार कोषमा जम्मा गरेको बताए ।

उनले ७० भन्दा बढी कट्टी रोल र चिसो पेय पदार्थको बिक्रीबाट उक्त रकम संकलन भएको बताए ।

पावर सपोर्ट इम्प्लोइमेन्ट प्रा.लि. नामक वैदेशिक रोजगार कम्पनीसमेत सञ्चालन गरिरहेका साहले म्यानपावर कम्पनीतर्फबाट उक्त कोषमा सहयोग गरिसकेको बताए ।

कट्टी रोलका लागि प्रसिद्ध स्यान्कोले विभिन्न स्वादमा परिकार उपलब्ध गराउँदै आएको छ । शनिबार बिहान १० बजेदेखि राति १० बजेसम्म सेवा सञ्चालन गरिएको सञ्चालक साहले जानकारी दिए ।

uae

ताजा खबर

सम्बन्धित खबर