२०८३ कार्तिक ५ गते बिहिवार / Oct 22 , 2026 , Thursday
२०८३ कार्तिक ५ गते बिहिवार

इन्फिनिटी लघुवित्तद्वारा नीति, नियमसम्बन्धी प्रशिक्षण

Nada
२०८३ भदौ २१ गते २१:२६
Shares
इन्फिनिटी लघुवित्तद्वारा नीति, नियमसम्बन्धी प्रशिक्षण

काठमाडौं : इन्फिनिटी लघुवित्तले देशभरका शाखा कार्यालयमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि गर्दै संस्थागत नीति, प्रक्रिया तथा अनुपालनसम्बन्धी ज्ञानलाई थप प्रभावकारी बनाउने उद्देश्यले संस्थागत नीति तथा अनुपालनसम्बन्धी पुनर्ताजगी अभिमुखीकरण कार्यक्रम गरेको छ ।

ncell

संस्थाले भदौ २० र २१ गते देशभरका १५ वटा स्टेसनमार्फत १०२ वटा शाखा कार्यालयमा कार्यरत शाखा प्रमुखदेखि फिल्ड सहायक कर्मचारीसम्मलाई सहभागी गराई प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा केन्द्रीय कार्यालयका पदाधिकारी तथा विभिन्न विभागीय प्रमुखको उपस्थिति रहेको थियो भने तालिमको प्रशिक्षण तथा सहजीकरण सम्बन्धित अनुगमन अधिकृतले गरेका थिए ।

तालिमका क्रममा संस्थाको कर्जा तथा बचत नीति, असुली नीति, कार्यान्वयनका प्रमुख प्रावधान, ग्राहक संरक्षण तथा संस्थागत सामाजिक उत्तरदायित्वलगायत विषयमा कर्मचारीलाई पुनर्ताजगी गराइएको थियो । साथै, शाखा तथा कार्यक्षेत्रमा देखिने व्यावहारिक समस्या, तिनका समाधानका उपाय तथा कार्यप्रणालीमा आवश्यक सुधारका विषयमा सहभागीहरूसँग अन्तरक्रियात्मक छलफल गरिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशनका प्रमुख प्रावधान, संस्थाका आन्तरिक परिपत्र तथा तिनको प्रभावकारी कार्यान्वयन सम्बन्धी विषयमा समेत जानकारी तथा मार्गदर्शन प्रदान गरिएको थियो । यस क्रममा कर्मचारीहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपनाउनुपर्ने संस्थागत प्रक्रिया, नीति तथा अनुपालन सम्बन्धी आवश्यक जानकारी प्राप्त गर्नुका साथै कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने विषयमा मार्गदर्शन प्राप्त गरेका थिए ।

नीति तथा अनुपालनका विषयमा रहेका जिज्ञासा समाधान हुनुका साथै दैनिक कार्यसम्पादनमा थप स्पष्टता र प्रभावकारिता ल्याउन सहयोग पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् । विशेषगरी कार्यक्षेत्रमा देखिने व्यावहारिक समस्या र त्यसको समाधानका विषयमा खुला छलफल हुनुले कर्मचारीहरूमा थप आत्मविश्वास र जिम्मेवारीबोध बढाएको महसुस गरिएको थियो ।

uae

ताजा खबर

सम्बन्धित खबर