राजेन्द्र महतो/मध्यान्ह
सिरहा : नेपाल पत्रकार महासंघ सिरहाले पत्रकार प्रदिप सिंहमाथि हातपात भएको भन्दै दोषिलाई कारबाहीको माग गरेको छ । महासंघ शाखाका अध्यक्ष मनोज बनैताले सोमबार एक विज्ञप्ति जारी गर्दै घटनाबारे ध्यानाकर्षण गराएका हुन् ।
महासंघका अनुसार यहि मंसिर १२ गते सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं ५ इटहर्वास्थित रामजानकी विवाह पञ्चमी मेलामा समाचार संकलन गर्न पुगेका सिरहाका पत्रकार सिंहमाथि नवराजपुर गाउँपालिका अध्यक्षका छोराको नेतृत्वमा आएका युवाहरुले हातपात गरेका थिए ।
महासंघले घटनाको सत्यतथ्य बुझी दोषीमाथि कारबाहीको माग समेत गरेको छ ।
नवराजपुर गाउँपालिकाका अध्यक्ष शिवउदगार यादवले प्रयोग गर्दै आएको सरकारी मोटरसाइकलमा बिना हेलमेट तीन जना सवार युवाहरू चन्दन कुमार यादव, पप्पु यादव र अमित कुमार यादवले ‘आफूहरुको फोटो किन खिचेको ?’ भन्दै पत्रकार सिंहलाई निर्घात कुटपिट गरेका थिए ।
गाउँपालिकामा अध्यक्षको लागि सरकारले प्रदान गरेको मोटरसाइकल प्रदेश ०१ –००१)बा ०३२३ नम्बरको सरकारी प्लेटको मोटरसाइकल कालो ड्रेसमा तीन जना सवार गर्दै आएको अवस्थामा सिंहले देखेपछि फोटो खिचेका थिए । त्यसै क्रममा सिंहलाई निर्घात कुटपिट गरेका महासंघले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies