
ललितपुरको : ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा ‘जेनजी समृति पार्क’ निर्माण गरिएको छ । तर जेनजी आन्दोलनका शहीदको अनुहारसँग सालिक नमिलेपछि शहीद परिवारले आपत्ति जनाएका छन् ।
परिवारले अनुहार नसच्याएसम्म अनावरण गर्न नदिने अडान लिएपछि ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्समा रहेको पार्कमा निर्मित ४५ जना शहीदको सालिक अनावरण कार्यक्रम स्थगित भएको छ ।
कार्यक्रममा सहभागी हुन पुगेका गृहमन्त्री सुधन गुरुङ सालिक अनावरण नगरी फर्किएका छन् ।








