२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

करिब चार हजारमा डेंगु संक्रमण

ADV
अस्मिता बम
२०८१ भदौ २ गते ०६:४०
करिब चार हजारमा डेंगु संक्रमण

काठमाडौं : डेंगुको संक्रमण ७४ जिल्लामा फैलिएको छ । नेपाल प्रहरीका अनुसार डेंगु संक्रमितको  संख्या देशभर करिब चार हजार पुगेको छ । कयसवर्षको वैशाख यता दुई जना डेंगु संक्रमितको मृत्यु भएको छ । 

ललितपुरका ४१ जना सहित ५५ जनामा हैजा संक्रमण फैलिएको छ । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबार ललितपुरका २ जनामा हैजा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ५५ जना पुगेको हो । 

यसवर्ष ललितपुरका ४१, कैलालीका ८, काठमाडौँका चार र प्युठानका दुई जनामा हैजा संक्रमण भएको हो । 

तनहुँमा मात्रै डेंगी संक्रमितको संख्या एक हजार नाघेको छ । तनहुँमा शुक्रबारसम्म एक हजार ८२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले पछिल्लो दुई दिनमा मात्रै एक सय आठ जनामा संक्रमण देखिएको छ । कुल संक्रमितमध्ये ८१३ जना आँबुखैरेनी गाउँपालिकामा रहेका छन् । 

यो सँगै देशभर डेंगु संक्रमित संख्या ह्वात्तै बढेको हो । डेंगी संक्रमण बढेपछि आँबुखैरेनी गाउँपालिकाले लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियानलाई तीव्रता दिएको छ । आँबुखैरेनी गाउँपालिका–३ का विभिन्न टोलमा पुगेर लामखुट्टेले फुल पार्ने सम्भावित ठाउँको खोजी गरी नष्ट गरिएको छ ।

गरिब तथा आर्थिक रूपले विपन्न, नवजात शिशु, गर्भवती, सुत्केरी, बेवारिसे, अपाङ्गता, सहाराविहीन अशक्त एवं अपांगता तथा ज्येष्ठ नागरिक डेंगु संक्रमणबाट बढी प्रभावित भएका छन् । 

चिकित्सकहरूका अनुसार डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । एडिस प्रजातीको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण हुन्छ । डेंगु सार्ने लामखुट्टेले पानी जमेको स्थानमा फूल पार्छ । अन्य लामखुट्टेले लामो समयदेखी जमेको पानी, फोहोर पानी, हिलोमा जमेको पानीमा फुल पार्ने भएपनि एडिस प्रजातिको लामखुट्टेले ३÷४ दिनदेखी जमेको पानीमा मात्र फूल पार्ने गर्छ ।

एडिस प्रजातिको लामखुट्टेले मानिसलाई टोकेपछि डेंगुको संक्रमण हुने गर्छ । लामखुट्टेले टोकेको मानिसलाई दुई दिनसम्म सामान्य टाउको दुख्ने गर्छ, दुई तीन दिनपछि लगातार ज्वरो आउँछ, टाउको दुख्ने, जोर्नी र मांशपेशी दुख्ने जस्ता लक्षण देखिन्छन् । यसका साथै आँखाको पछाडिपट्टीको भाग दुख्ने, वाकवाकी लाग्ने, खाना खान मन नलाग्ने लक्षण पनि देखिने गर्छ । 

चिकित्सकहरू यस्ता लक्षण देखा पर्ने बित्तिकै स्वास्थ्य परीक्षण गर्नुपर्ने सुझाव दिन्छन् । यसलाई वेवास्ता गरियो भने संक्रमण बढ्दै गएर रगतमा प्लेटलेट्सको मात्रा कम हुन गई शरीरका विभिन्न अंग नाक, गिजाबाट रगत बग्न थाल्ने, दिशा र पिसाबमा पनि रगत देखिनुका साथै रक्तचाप कम हुने खतरा रहन्छ । शरीरमा रगतको कमी हुने, मृगौला तथा मुटुमा समस्या देखिन सक्छ । 

चिकित्सकहरूका अनुसार घर वरपर रहेको पानी जम्ने खाल्डाखुल्डी पुर्न, लामखुट्टेको टोकाईबाट जोगिन झूल टाँगेर सुत्न, घरबाहिर करेसाबारीमा काम गर्न जाँदा सकेसम्म शरीर पुरै छोपिने गरी लुगा लगाउन सुझाउँछन् । घर वरपर सफला राख्ने, लामखुट्टे भएका स्थानमा किटनाशक औषधीको प्रयोग गर्नाले डेंगुको संक्रमणबाट बच्न सकिने उनीहरूको सुझाव रहेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise