२०८२ भदौ १३ गते शुक्रवार / Aug 29 , 2025 , Friday
२०८२ भदौ १३ गते शुक्रवार
Ads

जापानिज इन्सेफलाइटिसबाट २० जनाको मृत्यु, १०३ सङ्क्रमित

shivam cement
मध्यान्ह
२०८२ भदौ १२ गते ०९:३१
जापानिज इन्सेफलाइटिसबाट २० जनाको मृत्यु, १०३ सङ्क्रमित

काठमाडौँ : देशमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।

शाखा प्रमुख डा. अभियान गौतमका अनुसार हाल १०३ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको र २० जनाको मृत्यु भएको छ । 

डा. गौतमले जापानिज इन्सेफलाइटिसको सङ्क्रमण खोप नलगाएका मानिसमा बढी भेटिएको बताए । सत्तरी प्रतिशतभन्दा बढी मृत्यु १५ वर्षभन्दा माथिको उमेर समूहका बिरामीको भएको छ । सङ्क्रमणबाट झापा, मोरङ, तेह्रथुम, बारा, सिन्धुली, अर्घाखाँची, प्युठान, दाङ, बर्दिया, कैलाली, रौतहट, नवलपरासीपूर्व, चितवन र नवलपरासी पश्चिममा मृत्यु भएको हो । 

स्वास्थ्यकर्मीहरूका अनुसार क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस हुने गर्छ । यसले मस्तिष्कमा गम्भीर सङ्क्रमण भई बिरामीको मृत्यु हुने गरेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise