२०८२ असोज २९ गते बुधवार / Oct 15 , 2025 , Wednesday
२०८२ असोज २९ गते बुधवार
Ads

कांग्रेसले भन्यो : निर्वाचनको तयारी सुरु गर्छौं

shivam cement
मध्यान्ह
२०८२ असोज २९ गते १२:०३
कांग्रेसले भन्यो : निर्वाचनको तयारी सुरु गर्छौं

काठमाडौं : नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले नेपाली कांग्रेस निर्वाचनको तयारीमा लाग्ने बताएका छन् । सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बुधबार उनले निर्वाचनमा जानबाट कांग्रेस पछि नहट्ने बताए ।

लोकतान्त्रिक पार्टी भएकाले वर्तमान परिस्थितिमा निर्वाचनबाट भाग्ने कुरा नहुने उनले बताए । उनले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने बताए । उनले वर्तमान सरकार र संसद् विघटन असंवैधानिक रहेको जिकिर गरे । सर्वोच्च अदालतमा संसद् विघटन र नयाँ सरकार गठन असंवैधानिक रहेको भन्दै १० वटा रिट परिसकेकाले सर्वोच्च अदालतको फैसला मानेर आगामी कदमहरु चाल्ने उनले बताए । 

उनले केन्द्रीय समितिको बैठक जारी रहेकाले बैठकले थप निर्णय गर्ने बताए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise