२०८२ असोज २९ गते बुधवार / Oct 15 , 2025 , Wednesday
२०८२ असोज २९ गते बुधवार
Ads

देश संवैधानिक मार्गभन्दा बाहिर छ : महेश बर्तौला

shivam cement
मध्यान्ह
२०८२ असोज २९ गते १२:००
देश संवैधानिक मार्गभन्दा बाहिर छ : महेश बर्तौला

काठमाडौं : नेकपा एमालेका नेता महेश बर्तौलाले देश अहिले संवैधानिक मार्ग भन्दा बाहिर रहेको टिप्पणी गरेका छन् ।

उनले अन्तरिम सरकार गठन नै असंवैधानिक रुपमा भएको र संसद विघटन पनि असंवैधानिक रहेको ठहर नेकपा एमालेको रहेको बताएका हुन् । बुधबार सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसद् विघटन असंवैधानिक, अराजनीतिक, अलोकतान्त्रिक भएको बताए ।

जेनजीका राम्रा विषयहरु समेटेर जाने माध्यम भनेकै संसद् रहेकाले संसद् पुनःस्थापना जरुरी रहेको उनले बताए । सरकार र सरकारका गृहमन्त्री निर्वाचन गराउने भन्दा निर्वाचन हुनै नदिने काममा लागेको उनले आरोप लगाए । उनले राजनीतिक दलहरुले आफ्ना एजेण्डा लिएर जनताका बीचमा जान पाउँछन् भन्ने सुनिश्चितता सरकारले दिन नसकेको बताए । 

उनले राजनीतिक दलहरुसँग संवादहिनतामा सरकार रहेको बताए । लुटिएका हतियार खोजि गर्ने कुरामा गृहमन्त्रीले चासो नदेखाएको उनले आरोप लगाए । भयरहित स्थिति बन्ने अवथा नरहेको बताउँदै उनले फागुन २१ गते निर्वाचन नगराउने गरी सरकार लागिपरेको जिकिर गरे । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise