२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

होमस्टे सञ्चालन तथा अचार बनाउने तालिम पाएपछि स्थानीय हर्षित

ADV
सुर्य प्रसाद भुसाल
२०८१ जेठ २७ गते १८:२०
होमस्टे सञ्चालन तथा अचार बनाउने तालिम पाएपछि स्थानीय हर्षित

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको आयोजनामा सन्धिखर्क नगरपालिका वडा नम्बर ६ को पोखेडाँडामा होमस्टे (घरबास) तथा एकहप्ते अचार बनाउने तालिम सम्पन्न भएको छ । तालिमपश्चात उपस्थित भेलाले उक्त ठाउँमा होमस्टे सञ्चालनको प्रक्रिया अगाडि बढाउन भुवन सिंह दर्लामीको अध्यक्षतामा ११ सदस्यीय होमस्टे उपभोक्त समिति गठन गरेको छ । साथै भेलाले सुपा देउराली पोखेडाँडा सामुदायिक होमस्टे नामाकरण सर्वसम्मतिले पारित गरेको छ ।

तालिम समापन समारोहमामा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले घरबास भन्ने शब्द नै पर्यटन पूर्वाधार, आर्थिक, सामाजिक र सांस्कृतिक विकासका पक्षसँग जोडिने भएकाले यसको प्रवर्द्धनका लागि जिल्ला समन्वय समितिले अर्घाखाँचीका सबै स्थानीय तहहरुमा पहल गर्ने बताए । कोइरालाले घरबास पर्यटनले महिलाहरुको आर्थिक विकास र आत्मसम्मान बढाउन पनि सघाउने धारणा राखे ।

कार्यक्रममा नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले मौलिक खाना, अर्घाखाँचीवासीको सत्कार र घुम्नका लागि सम्पदा पर्यटकका लागि आकर्षणको केन्द्र हुने बताए । नरपानी क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना रहेकाले यसको विकासका लागि र महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि वडा नम्बर ६ बाट तालिमको शुरुवात गरिएको बताए ।

सात दिनसम्म सञ्‍चालन भएको  तालिममा तीन दिन सैद्धान्तिक र चार दिन प्रयोगात्मक कक्षाहरु सञ्चालन गरिएको नगरपालिकाकी उपप्रमुख मिश्रा आचर्यले जानकारी दीइन् ।

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रिले तालिममा सहभागीहरुलाई पर्यटन र यसका पक्ष, होमस्टे प्रवर्द्धन र बजारीकरण, पर्यटन प्रवर्द्धनका साधन र उपयोग, नेपालको सन्दर्भमा होमस्टे, होमस्टेसम्बन्धी कानूनी प्रबन्ध, पर्यटकीय पूर्वाधार र सेवालगायतका विषयमा सैद्धान्तिक ज्ञान दिएर तालिम दिनु सकारात्मक कुरा भएको बताए  ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले सफल होमस्टेका व्यावसायिक सफलताका कथा, होमस्टे सञ्चालन र व्यवस्थापन, पाहुनाको स्वागत र बिदाइ सत्कार, स्थानीय पर्यटकीय स्थल र सम्पदासँग होमस्टेको सम्बन्धलगायतका विषयमा केन्द्रित रहेर उपलब्धिमूलक तालिम दिएपछि स्थानीय महिलाहरुको आयआर्जनमा वृद्धि हुने अपेक्षा रहेको बताए ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडाप अन्तर्गत भएको कार्यक्रममा नेपाली सेना ईश्वरी बक्स गुल्मका गुल्मपति महेश्वर थापा, प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौर, सशस्त्र प्रहरी नायव उपरीक्षक भिमसेन बोहरा, प्रमुख अनुसन्धान अधिकृत ईश्वरी प्रसाद आचार्य, होमस्टे महासंघका केन्द्रीय अध्यक्ष तथा कावासोती नगरपालिकाका पूर्वनगर उपप्रमुख प्रेम शंकर थारु, समाजसेवी तथा पूर्वजनप्रतिनिधि नारायण बस्याल, कोषाध्यक्ष सुरज बास्तोला, बागमती प्रदेश सदस्य सेफ मनिषा श्रेष्ठ, अचार बनाउने तालिमका मुख्य प्रशिक्षक रुकमिणा पराजुली, वाध्यवादन प्रशिक्षक शिव शाह, मेडाप फोकल प्रर्सन अनिता रावल, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाललगायतको उपस्थित रहेको थियो ।

सात दिनसम्म सञ्चालित तालिममा स्थानीय रैथाने खानाका परिकार, अचार तथा वाध्यवादनसम्बन्धी तालिम लिन पाउँदा आफुहरु हर्षित भएको तालिममा सहभागी सरु महत्राले बताइन् ।

कार्यक्रम सन्धिखर्क नगरपालिका वडा न. ७ का वडाध्यक्ष चुरा बहादुर केसीको अध्यक्षता तथा सन्धिखर्क नगरपालिकाका शाखा अधिकृत मुक्ति खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise