
बुटवल : रुद्रगढ धार्मिक संस्थाको आयोजनामा विभिन्न स्थानमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा २५७ युनिट रगत संकलन गरिएको छ ।
संस्थाले बुटवलस्थित बुटवल रेडक्रस, तिलोत्तमाको शंकरनगरस्थित पीडी बेकरी, भैरहवाको ग्लास गो थकाली रेस्टुरेन्ट एन्ड क्याफे, लुम्बिनीस्थित होटल पीसल्याण्ड तथा शुद्धोधन गाउँपालिकास्थित शियाभार मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
रक्तदान कार्यक्रममार्फत संकलित रगतले रगतको अभावमा रहेका बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । रक्तदान जीवन बचाउने महत्वपूर्ण मानवीय कार्य भएकाले यस्ता कार्यक्रमले समाजमा रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
रुद्रगढ धार्मिक संस्थाले विभिन्न स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गरी सामाजिक तथा मानवीय सेवामा योगदान पुर्याएको छ ।
