२०८३ असोज २५ गते आइतवार / Oct 11 , 2026 , Sunday
२०८३ असोज २५ गते आइतवार

सीपयुक्त जनशक्ति उत्पादन गर्न निजी क्षेत्रसँग सहकार्य गर्छौं : मन्त्री यादव

Nada
२०८३ असोज २५ गते १४:२३
Shares
सीपयुक्त जनशक्ति उत्पादन गर्न निजी क्षेत्रसँग सहकार्य गर्छौं : मन्त्री यादव

काठमाडौं : युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले निजी क्षेत्रसंगको सहकार्यमा सरकारले सीपयुक्त जनशक्ति उत्पादन गर्ने बताएका छन् ।

ncell

आइतबार भक्तपुरमा एभरेष्ट मल्टिस्किल प्रा.लि.ले सञ्चालन गरेको सीपमुलक तालिम केन्द्रको उद्घाटन गर्दै उनले बजारको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादन गरि रोजगारीसँग जोड्ने बताएका हुन् ।

सीपयुक्त जनशक्ति नहुँदा हाल युवाले रोजगारी र रोजगारदाताले दक्ष जनशक्ति पाउन नसकेको उनले बताए । उनले उद्योग, निर्माण, पर्यटन, कृषि, सूचना प्रविधि तथा सेवा क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता रहेको बताए ।

उनले तालिम केन्द्रहरुमार्फत युवाहरुलाई सीप सिकाएर बजारको मागअनुसार रोजगारीसँग जोड्नुपर्नेमा जोड दिए । सीप विकासलाई प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र, तालिम प्रदायक संस्था र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

उनले रोजगारदाता तथा उद्योगी व्यवसायीलाई प्रशिक्षार्थीलाई व्यावहारिक अनुभव प्रदान गर्न र सीपयुक्त युवालाई रोजगारीमा जोड्न आग्रह गरे । तालिम केन्द्रको सफलता तालिम लिने व्यक्तिको संख्यामा मात्र सिमित नराखी तालिमपछि रोजगारी प्राप्त गर्ने, उद्यम सुरु गर्ने र आयआर्जनमा सुधार ल्याउने व्यक्तिको संख्याको आधारमा मूल्यांकन गर्नुपर्ने उनको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर