
काठमाडौं : आइसिसी विश्वकप लिग-२ को त्रिकोणात्मक श्रृंखलामा नेपालले क्यानडालाई २३६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३५ रन मात्र जोड्न सक्यो ।
नेपालका लागि रोहित पौडेलले शतकीय इनिङ खेले । रोहितले १२७ बलमा ८ चौका र १ छक्काको सहयोगमा १०१ रन बनाए । गुल्सन झाले ३४ बलमा ४८ रन बनाए । बसिर अहमदले ५७ बलमा ३० रन बनाए भने अर्जुन कुमालले ५४ बलमा २३ रन बनाए ।
क्यानडाका लागि अखिल कुमारले सर्वाधिक ४ विकेट लिए ।