२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

गर्भवती महिलाको सेनाको हेलिकोप्टरमार्फत उद्धार

Nada
२०८३ असोज २६ गते १३:०२
Shares
गर्भवती महिलाको सेनाको हेलिकोप्टरमार्फत उद्धार

मुगु : जटिल प्रसूति समस्याबाट पीडित मुगुकी एक महिलालाई नेपाली सेनाको हवाई मार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत पुर्‍याइएको छ ।

ncell

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत उक्त उद्धार गरिएको हो ।

मुगुको छायाँनाथ रारा नगरपालिका–४ निवासी ३१ वर्षीया महिलालाई गत असोज २४ गते जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि नेपाली सेनाको हवाई साधनमार्फत सुर्खेत लगिएको मन्त्रालयले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर