२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

'शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक'

Nada
२०८३ असोज २६ गते १६:३०
Shares
'शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक'

काठमाडौं : नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकलाई विवेकशील, सिर्जनशील र राज्यप्रति जिम्मेवार बनाउने गरी मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेको बताएकी छन् ।

ncell

सोमबार काठमाडौंमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रश्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । मुलुकको शिक्षा प्रणालीलाई परीक्षामा प्राप्त अंक र प्रमाणपत्रमा मात्र सिमित नराखी जीवनोपयोगी बनाउनुपर्नेमा उनको जोड छ ।

उनले मुलुकको विकासका लागि सरकार, राजनीतिक दल र नीतिनिर्माता मात्र जिम्मेवार भएर नुपग्ने बताइन् । उनले मुलुकको विकास र समृद्धिको लागि हरेक नागरिक र समुदायको पनि उत्तिकै जिम्मेवारी हुने बताइन् ।

उनले नागरिकको श्रम, सिर्जनशीलता, उद्यमशीलता, अनुशासन र इमानदारी विकासका महत्वपूर्ण आधार भएको समेत बताइन् । नेता भण्डारीले नागरिक शिक्षाले लोकतन्त्रलाई व्यवहारमा रूपान्तरण गर्न सहयोग गर्ने उल्लेख गर्दै नागरिक शिक्षामा राज्यले पर्याप्त लगानी गर्नुपर्नेमा समेत जोड दिइन् ।

नागरिकले राज्यबाट अधिकार र सेवा प्राप्त गर्ने अपेक्षा राख्नु स्वाभाविक भएपनि राज्य र समाजप्रतिको आफ्नो भुमिका तथा जिम्मेवारी बुझ्न पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ छ । 

ताजा खबर

सम्बन्धित खबर