२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्ने अमेरिकाका लागि प्रस्तावित राजदूत थापाको प्रतिबद्धता

Nada
२०८३ असोज २६ गते १६:४१
Shares
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्ने अमेरिकाका लागि प्रस्तावित राजदूत थापाको प्रतिबद्धता

काठमाडौं : संयुक्त राज्य अमेरिकाका लागि नेपाल सरकारद्वारा प्रस्तावित राजदूत चिरनजंग थापाले नेपाल–अमेरिका सम्बन्धलाई आर्थिक समृद्धि र कूटनीतिक समन्वयको माध्यम बनाउँदै नेपाली नागरिकको सुरक्षा र हितमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन् । 

ncell

सोमबार संसदीय सुनुवाइ समितिसमक्ष आफ्नो कार्यकालका लागि कूटनीतिक कार्ययोजना प्रस्तुत गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । थापाले नेपालको परराष्ट्र नीतिका लक्ष्यहरू हासिल गर्न आर्थिक कूटनीतिलाई प्रमुख औजारका रूपमा प्रयोग गर्ने बताए ।

उनले नेपाल र अमेरिकाबीचको ८० वर्षको मैत्रीपूर्ण सम्बन्धलाई आधार मानेर उच्चस्तरीय भ्रमण आदानप्रदान र लगानी भित्र्याउन सक्रिय पहल गर्ने योजना सुनाए । आफ्नो कूटनीतिक यात्राको चर्चा गर्दै थापाले २५ वर्षअघि सोही दूतावासमा इन्टर्नका रूपमा काम गर्दा देखेको सपना हाल पूरा हुने चरणमा रहेको स्मरण गरे । 

कार्ययोजनामा उनले राहदानीको प्रभावकारिता बढाउने, नेपाली सुरक्षा निकायहरू (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी)को क्षमता अभिवृद्धि गर्ने र ‘इन्सार्याग’ को सदस्यता नेपालका लागि सुनिश्चित गर्ने विषयलाई विशेष प्राथमिकतामा राखेका छन् । अमेरिकामा रहेका नेपालीहरूको सुरक्षा र हितका लागि दुतावासबाट विशेष पहल गर्ने उनको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर