
काठमाडौं : आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी त्रिकोणातम्क श्रृंखलामा नेपालले ओमानलाई २६४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनायो ।
नेपालका लागि रोहितकुमार पौडेलले अर्धशतकीय इनिङ खेले । रोहितले ६७ बलमा ३ चौका र १ छक्काको सहयोगमा ६१ रन बनाए । करण केसीले आक्रामक पारी खेल्दै १६ बलमा ४ छक्का र १ चौकाको सहयोगमा ४० रनको योगदान दिए । अर्जुन कुमालले ५९ बलमा ४ चौकाको सहयोगमा ४० रन बनाए ।
इशान पाण्डेले ५५ बलमा ४ चौकाको सहयोगमा ३७ रन बनाए भने बसिर अहमदले ५० बलमा ३ चौकाको सहयोगमा ३७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १७ बलमा २२ रन बनाउँदा सन्दीप जोराले १२ बलमा १० रन बनाए ।
ओमानका लागि शकिल अहमद, करण सोनाभेल र शाह फैसलले दुई–दुई विकेट लिए । हसनइन शाहले एक विकेट लिए ।