२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असोज २८ गते १७:२३
Shares
स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकामा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।  चन्द्रपुर नगरपालिका–८, मोतीपुरस्थित भित्री सडकखण्डमा बुधबार बिहान बसले ठक्कर दिँदा स्थानीय सिकेन्द्र चौधरीकी छोरी महिमा चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

ncell

प्रहरीका अनुसार सिन्धुरेघारीबाट चन्द्रपुरतर्फ आउँदै गरेको म.प्र.०३–००१ क २८७८ नम्बरको मून लाइट एकेडेमीको स्कुल बसले घरअगाडि सडकछेउमा खेलिरहेकी बालिकालाई ठक्कर दिएको थियो । ठक्करबाट बालिकाको टाउकोको पछाडिपट्टि गम्भीर चोट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाको कमान्डमा १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी बालिकाको शव पोस्टमार्टमका लागि चन्द्रपुर सरकारी अस्पताल पठाएको थियो । दिउँसो १२:२० बजे बालिकाको शव आफन्तसहित चन्द्रपुर सरकारी अस्पताल पुर्‍याइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ । चन्द्रपुर नगरपालिका–४ निवासी ४५ वर्षीय चालक कान्छा राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । बसलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर र चालकलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिएको छ ।

दुर्घटनास्थल प्रहरी चौकी सन्तपुरबाट करिब दुई किलोमिटर उत्तरपूर्वमा पर्दछ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर