२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

Nada
२०८३ असोज २८ गते १७:३३
Shares
गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच बुधबार भेटवार्ता भएको छ । गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन भारत गएका गुरुङ र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो ।

ncell

भेटका क्रममा नेपाल-भारत द्विपक्षीय सम्बन्ध तथा हालै नेपालमा आएको बाढीलगायतका विषयमा छलफल भएको बताइएको छ ।

गृहमन्त्री गुरुङ स्वदेश फर्किन लागेका बेला दुई नेताबीच संक्षिप्त भेटवार्ता भएको जनाइएको छ । भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘नेपालका गृहमन्त्री सुधन गुरुङलाई भेटेर खुसी लाग्यो ।’

बिमस्टेकको बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ सोमबार भारत पुगेका थिए । उक्त बैठक मंगलबार सम्पन्न भएको थियो । बैठककै क्रममा गृहमन्त्री गुरुङले भारतीय गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गरेका थिए । गृहमन्त्री गुरुङ आज स्वदेश फर्किंदै छन् ।

ताजा खबर

सम्बन्धित खबर